Wednesday 15 July 2026 / बिहीबार, ३२ असार २०८३

काठमाडौँ , निर्वाचन आयोगले लेखापरीक्षण नगरेका राजनीतिक दलहरुलाई स्पष्टीकरण माग गरेको छ । आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९ र ८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेश गर्ने ८२ राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २० राजनीतिक दल र समय व्यतित भएपश्चात लेखापरिक्षण प्रतिवेदन पेश गर्ने १३ राजनीतिक दल मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एक राजनीतिक दल गरी २१ राजनीतिक दललाई सात दिन भित्र लेखापरीक्षण प्रतिवेदन सार्बजनिक गर्न निर्देशन दिएको जनाएको छ ।

लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुमा आम आदमी पार्टी, नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक, गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी, शिव सेना नेपाल पार्टी, राष्ट्रवादी एकता पार्टी, लगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय