Wednesday 15 July 2026 / बिहीबार, ३२ असार २०८३

काठमाडौँ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेद्वारा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवमा सहभागी नहुने भएका छन् ।एमालेको निमन्त्रणा पाए पनि नेपाल भने यस कार्यक्रममा नजाने उनी निकट सचिवालय सदस्यले जानकारी दिएका छन् ।एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने कार्यक्रममा जाने बताइएको छ ।

एमालेले आज कम्युनिष्ट पार्टीको स्थापनाको ७५औं बर्षको अवसरमा विशेष कार्यक्रम गरिरहेको छ । गोदावरीमा हुने सो कार्यक्रममा एमालेले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दै छ । एमालेले यस कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका शिर्ष नेताहरुलाई निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय