Tuesday 31 January 2023 / मंगलवार, १७ माघ २०७९

फिल्मफेयरले पहिलो पल्ट गरेको ओटीटी अवार्डमा ‘पाताल लोक’ र ‘फेमिली मेन’ले बाजी मारेका छन् । समान ५ विधामा अवार्ड जितेका दुवै सिरिज अमेजन प्राइमले बनाएको हो । अमेजनकै ‘पञ्चायत’ पनि सर्वाधिक अवार्ड जित्नेमा अग्रस्थानमा रह्यो । जितेन्द्रकुमार अभिनित सिरिजले ४ अवार्ड हात पार्यो ।

५ विधामा अवार्ड जितेको ‘पाताल लोक’ले उत्कृष्ट सिरिज, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता पुरुष, उत्कृष्ट ओर्जिनल स्टोरी र उत्कृष्ट पटकथा गरी ५ विधामा अवार्ड जित्यो । ‘पाताललोक’सँगै ५ अवार्ड पोल्टामा पारेको ‘फेमिली मेन’ले उत्कृष्ट निर्देशक क्रिटिक्स, उत्कृष्ट अभिनेत्री क्रिटिक्स, उत्कृष्ट अभिनेता क्रिटिक्स, उत्कृष्ट सिरिज क्रिटिक्स र उत्कृष्ट संवादमा अवार्ड जित्यो ।

ड्रामा र कमेडी गरी दुई भागमा विभाजन गरी बाँडिएको अवार्डमा ड्रामातर्फको उत्कृष्ट अभिनेताको अवार्ड जयदीप अहालवातले जिते भने अभिनेत्रीको अवार्ड भने ‘आर्या’का लागि सुष्मिता सेनले जितिन् । कमेडीतर्फको उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड भने क्रमशः ‘पञ्चायत’का लागि जितेन्द्रकुमार र ‘लिटिल थिङस’का लागि मिथिला पालकरले जिते । ‘पञ्चायत’ कमेडी विधामा पनि उत्कृष्ट सिरिज ठहरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय