Tuesday 28 July 2026 / मंगलवार, १२ श्रावण २०८३

काठमाडौं पेप्सीकोलाका २६ वर्षिय लक्ष्मण मगरले मिष्टर गे नेपाल २०२४ को उपाधि जित्न सफल भएका छन् । राजधानी शहरको ठमेलस्थित छायाँ सेन्टरमा आयोजना गरिएको मिष्टर गे नेपाल २०२४ को उपाधि जिते संगै लक्ष्मणले आगामी अगष्टमा बेलायतको लन्डनमा आयोजना हुने मिष्टर गे वल्र्ड २०२४ मा नेपालको तर्फबाट आधिकारिक रुपमा प्रतिनिधित्व गर्ने भएका छन् । विजेताको रुपमा उनले रु एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने उनले पब्लिक च्वाइस विधाको अवार्ड पनि जित्न सफल भए । प्रतियोगितको फस्ट रनर अपको रुपमा अशोक कोइराला र सेकेन्ड रनर अपका रुपमा नविन जि.सीं. छनौट भएका थिए । उनीहरुले क्रमशः नगद पुरस्कार रु ७५ हजार तथा रु पचास हजार प्राप्त गरेका छन् ।

मायाको पहिचान नेपाल नामक संस्थाले आयोजना गरेको यस प्रतियोगिताको कोरियोग्राफी मिस कस्मोपोलिटन वल्र्ड २०१९ की विजेता एवं फेसन कोरियोग्राफर प्रिया रानी लामाले गरेका हुन् । प्रतियोगितामा टिका बहादुर मगर वेष्ट ट्यालेन्ट, युनिक चौधरी वेष्ट ड्रेस र वेष्ट स्वीम सुट अवार्ड, सुनिल तामाङ वेष्ट फोटोजेनिक, दिनेश चौधरी वेष्ट वाक, लासाङ दोर्जे वेष्ट डिसिप्लीन तथा सुशील चन्द मिष्टर कन्जिनियालिटी विधाको विजेताको रुपमा चयन भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय