Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

जोरपाटी नारायणटारस्थित पिस ब्याङ्क्वेट एण्ड रेष्टुराँमा सम्पन्न मिस डिभाइन ब्युटी नेपाल र मिसेस् गोकर्णेश्वर नेपाल २०२१ नामक सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । मिस तथा मिसेस् सहभागिहरुले आ आफ्नो विधाका लागि प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा सपना लामाले विजेताको ताज पहिरिन सफल भइन् । प्रतियोगितामा निशा गहतराज फस्ट रनर अप तथा सत्विशा ओझा सेकेन्ड रनर अप स्थान हासिल गर्न सफल भएका छन् ।

मिसेस् तर्फको प्रतिस्पर्धामा नविना शाहीले मिसेस् गोकर्णेश्वर नेपाल २०२१ को ताज चुम्न सफल भइन् भने प्रतियोगितामा बबिता दुलाल खड्का फस्ट रनर अप तथा सुजिता प्रधानले सेकेन्ड रनर अपको अवार्ड उचाल्न सक्षम भएका थिए । गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ट्रेबल फेसन कन्र्सनले आयोजना गरेको सो प्रतियोगिताको कोरियोग्राफी काजल राईले गरेकी थिइन् भने सो प्रतियोगितात्मक कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय