Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौँ, मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’ नाटक मञ्चन भइरहेको छ । युवहरूले देश छाड्न गरिरहेको सङ्घर्ष, यसको कारण, विदेश पुग्ने लहर लगायतका विषयलाई समेटेर सागर खातीले निर्देशन गर्नुभएको नाटकमा मिलन कार्की, सुदिप खतिवडालगायतले अभिनय गरिरहनुभएको छ ।

विदेशिने युवाको विषयलाई नाटकमा ल्याउने तयारी गरिरहँदा बालकुमारीमा घटेको घटना पश्चात झनै गम्भीर भएर काम गरेको निर्देशक खातीले बताउनुभयो ।“नाटकमा समकालीन समाजका गम्भीर विषयलाई हास्य शैलीमा देखाइएको छ, आफूसँग थियटर गरिरहेका साथी तथा गुरुहरु पलायन भइरहँदा यो विषयमा केही गरौँ भन्ने झनै लागेको हो, देखासेकी र लहरले मानिसलाई कुन हदको समस्यामा पु¥याइरहेको छ, भन्ने देखाइएको छ”, निर्देशक खातीले भन्नुभयो । सोमबारबाहेक साताको प्रत्येक दिन यही वैशाख २३ गतेसम्म नाटक मञ्चन गरिने मण्डला नाटकघरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय