Monday 13 May 2024 / सोमबार, ३१ बैशाख २०८१

दमक, हात्तीको आक्रमणबाट झापाको मेचीनगरमा एक जना वृद्ध घाइते भएका छन् । मेचीनगर नगरपालिका ६ स्थित भानुटोलका ६५ वर्षीय हर्कबहादुर सुवेदी हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका हुन् । हात्तीको आक्रमणबाट सुवेदीको अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । मेचीनगर नगरपालिका वडा नं। ११ हडिँया खोला नजिकै उहाँलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

वृद्ध सुवेदी छोरीको घरमा पाहुना लाग्न जानुभएको थियो । उहाँको बिएण्डसी अस्पताल बिर्तामोडमा सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय