Wednesday 14 October 2026 / बिहीबार, २९ आश्विन २०८३

काठमाडौं, अभिनेत्री पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ले आफ्नो रिलिज मिति परिवर्तन गरको छ। यसअघि यो सिनेमाले जेठ १० गते अनमोल केसीको ‘फर्की फर्कीु तथा प्रदिप खड्का, पल शाह तथा आर्यन सिग्देल स्टारर ुपुजार सार्कीुसँगै त्रिपक्षीय भिडन्त गर्ने सार्वजनिक भएको थियो। सिनेमा नयाँ रिलिज मिति असार ७ गते हुने भएको छ।प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले फिल्मलाई जेठ १० मा प्रदर्शन नगर्ने निर्णय गरेका हुन्।

फिल्मको रिलिज सरेपछि पूजाले ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं।’, भनेर आफ्नो फेसबुकमा लेखेकी थिइन्।रुपेश तामा. निर्देशीत सिनेमामा पूजा पहिलोपटक एक्सन भूमिकामा देखिँदैछिन्। सिनेमामा पूजाका अलवा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको प्रमुख भूमिका छ। देव मगर र अनुप गडालले यो सिनेमा निर्माण गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय