Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौं, फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको चलचित्र आजबाट रिलिज भएको हो। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो। प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माणपक्ष उत्साही देखिएको छ।

क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो। काठमाडौंमा २८ र मोफसलमा ४१ शो प्रदान गरिएको छ। सोसल ड्रामा सिनेमामा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय