Tuesday 26 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौं–,नीति शाहको डेब्यू सिनेमा ुखजुरे ब्रोुले नयाँ गीत रिलिज गरेको छ। सिनेमाले ‘मैले फकाएर मात्रु बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो। गीतको भिडियोमा सिनेमाका शीर्ष पात्र ‘खजुरेु रेयर राईलाई नीतिसँघ रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ।
गीतमा अनमोल गुरुङको शब्द,संगीत र स्वर रहेको छ। पैसा, प्रेम र सहकारी ठगीको सेरोफेरोमा घुमेको सिनेमा वैशाख २८ गते रिलिज हुँदैछ।सिनेमामा रेअर राइ र नीतिका अलावा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ।

सुरज सुनुवार सिनेमाका निर्देशक हुन्। दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा चलचित्र निर्माण गरेको हो।नवीन मानन्धर र सुरज सुनुवारको संयूक्त निर्माण रहेको सिनेमामा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता हुन्। डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ शिशिर विशंखेले खिचेका हुन्। मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय