Wednesday 15 July 2026 / बुधबार, ३१ असार २०८३

काठमाडौँ , आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बताइएको थियो । तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । 

बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय