काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।
एमाले वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको भेटमा पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस् प्रगति हुन नसकेको बताएका छन् । वार्ता सकिएपछि संक्षिप्त कुराकानी गर्दै नेपालले पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस प्रगति हुन नसकेको बताएका हुन् ।
बैठक यथास्थितिमै भयो । प्रगति केही भएको छैन,’ उनले भने , ‘विवाद समाधान गर्ने विषयमा कुराकानी अघि बढ्न सकेन ।
उनले अनुसार प्रधानमन्त्री ओली र आफूबीच फेरि छलफल गर्ने कुराकानी भएको जानकारी दिए । भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका थिए ।


