Saturday 17 October 2026 / शनिबार, १ कार्तिक २०८३

कर्णाली, वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने भएको छ । नगरस्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितिले नगरपालिका मातहतको कटकुवा स्वास्थ्य चौकीलाई सय श्ययाको कोभिड अस्पताल बनाउने तयारी थालेको छ ।

दोस्रो चरणको कोरोना भाइरसबाट सुर्खेत उच्च जोखिममा रहेकाले आवश्यक पूर्वतयारीका लागि अस्पताल व्यवस्थापन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरउपप्रमुख मोहनमाया ढकालले नवनिर्मित स्वास्थ्य चौकी भवनमा कोरोना अस्पताल र आइसोलेशनका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन भइरहेको बताउनुभयो । “वडास्तरीय कोरोना सङ्कट समितिलाई पनि सक्रिय बनाई वडा तहमा जोखिम न्यूनीकरणका गतिविधि गर्दैछौँ”, उहाँले भन्नुभयो, “सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको प्रभावकारी पालनाका लागि सम्पूर्ण संयन्त्रको परिचालन गरेका छौँ ।” नगरभित्रका कोभिड १९ का बिरामीको व्यवस्थापनका लागि एम्बुलेन्स पनि सञ्चालनमा ल्याउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय