Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र एमाले उपाध्यक्ष बामदेव गौतमले बालुवाटारमा बिहिबार डिनर मिटिङ गरेका छन् ।

नेकपा एमाले विभाजनको चरणमा रहेकै अवस्थामा पछिल्ला दुई दिन माधव कुमार नेपालसंग भेटवार्ता गरेपछी ओली र गौतमबीचको डिनर मिटिङलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटमा कानुनमन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई पनि सामेल थिए।

भेटपछि गौतमले प्रधानमन्त्रीसँगको सम्बन्ध अटुट रहने बताएको नेता भट्टराईले बताए। गौतमको भनाई उद्धृत गर्दै उनले भने, ‘केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा एमालेको अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय