गर्भवती र कुरुवालाई निःशुल्क खाना

त्रिवेणी (रुकुमपश्चिम), रुकुमपश्चिमको एउटा स्वास्थ्यचौकीमा गर्भवती र एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिने भएको छ । मुसिकोट नगरपालिका–११ स्थित भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले गर्भवती र उनका एक कुरुवालाई निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर बुढाले खाना खर्चको व्यवस्थापन वडा कार्यालयले गर्ने बताउनुभयो । उहाँ मुसिकोट–११ का वडाध्यक्षसमेत हुनुहुन्छ । “गर्भवतीलाई घरबाट खाना बोकेर ल्याउन समस्या हुने भएकाले सहजताका लागि स्वास्थ्यचौकीमै निःशुल्क खानाको व्यवस्था गर्न लागिएको हो”, उहाँले भन्नुभयो । सुत्केरीका लागि नगरपालिकाले एम्बुलेन्सको समेत निःशुल्क व्यवस्था गरेको भलाक्चा स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनाएको छ ।

Share This Post

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *