शनिबार साँझ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा संचालन भएको नर्सिङ पेशामा आबद्ध तथा नर्सिङ अध्ययनरतहरु वीचको व्यक्तित्व र बौद्धिकता सम्बन्धीत प्रतियोगिता एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४ फाइनल प्रतिस्पर्धामा काभ्रेकी विधि लम्सालले शीर्ष उपाधि जित्न सफल भएकी छिन् । विजेता भए संगै विधिले नेपालबाटै पहिलो पटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ग्लोबलमा सहभागिता जनाउने अवसर प्राप्त गरेकी छिन् । प्रतियोगितामा विधिले मिस पर्सनालिटीको अवार्ड पनि जित्न सफल भइन् । प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिशा पराजुली मोस्ट इन्टिलेक्चुयल अवार्ड सहित फस्ट रनर अप तथा मोस्ट चार्मिङ विधाको अवार्ड सहित पला रेग्मी सेकेन्ड रनर अप विजेता बन्न सफल भइन् ।

नेक्स्ट मोडल्स नेपालको आयोजना तथा फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम संचालनमा सम्पन्न सो प्रतियोगितामा मोनिका थापा मगरले स्पेशल अवार्डको रुपमा नर्स विथ अ पर्पस अवार्डमा आफूलाई अब्बल सावित गर्न सफल भइन् । यसैगरी मोस्ट फोटोजेनिक र वेष्ट स्कीन विधामा सदिति श्रेष्ठ, मोस्ट पपुलर र पब्लिक च्वाइसतर्फ लसता श्रेष्ठ, मिस फिटनेसका रुपमा सलिदा वादे र मोस्ट ट्यालेन्टेडका रुपमा दिव्या बम ठकुरी पुरस्कृत भएका थिए । स्वास्थ्य परिचारिकाहरुको समग्र सबलिकरण तथा सशक्तिकरण र उनीहरुको पेशागत व्यवसायिक दायराको प्रभावकारिता र विस्तारमा योगदान पु¥याउने हेतुले आयोजना हुँदै आएको मिस नेपाल पिस २०१४ देखि प्रारम्भ भएको प्रतियोगिता हो भने यस पटक सातौं संस्करणले गति पाएको हो ।



