Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ ।

बुधबारको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकबाट नयाँ सरकार गठनका लागि परिस्थिति अनुकुल बन्दै गएको निष्कर्ष निकालेको काँग्रेसले आफ्ना सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनेको छ । विशेष गरी काठमाडौं उपत्यका बाहिर भएका सांसदलाई ‘स्ट्यान्डबाई’ बस्न भनिएको हो ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा जुटेको काँग्रेसले प्रतिनिधिसभाको अंकगणितको लेखाजोखा गरिरहेको छ । काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालका अनुसार पार्टीका अधिकांश सांसदको हस्ताक्षर जुटिसकेको छ ।

माओवादी केन्द्रसहित एमालेको खनाल–नेपाल पक्ष र जसपाको यादव–भट्टराईको सहयोग रहनेमा काँग्रेस विश्वस्त देखिएको छ । सोही अनुसार हस्ताक्षर जुटाउन काँग्रेस लागिपरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय