Tuesday 14 July 2026 / मंगलवार, ३० असार २०८३

काठमाडौं, सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीयय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो । टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय