Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, गायक सुजन ढकालले नयाँ गीत ‘मालती र मंगले’ ल्याएका छन्। डीपी खनालको शब्द र राजन तिमिल्सिनाको संगीत रहेको गीतमा गायनमा सुजनलाई मेलिना राईले साथ दिएका छन्। गीतको एरेन्जर विषम आचार्य हुन्। युवायुवतीको प्रेम सम्बन्धलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन्। भिडियोमा हरिश निरौला ‘कक्रोच’, दीपा शाही र सुरेन बसेलले अभिनय गरेका छन्।

भिडियोमा अजय रेग्मीको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र माधव बेल्वासेको सम्पादन तथा कलर संयोजन रहेको छ। करिब २ दर्जनभन्दा बढी गीतहरु रेकर्डिङ गरिसकेका गायक सुजनको यसअघि एउटा गीति सग्रह पनि आइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय