Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौं, चलचित्र निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो ।थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ । फिल्म ‘प्रसाद–२’ को विवादमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

आफूहरूको मन्जुरी बिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् । पक्राउबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय