काठमाडौं, रिलिजको साता दिन अगाडि ‘गाउँ आएको बाटो’ले ‘राई माइला’ बोलको गीत सार्वजनिक गरेको छ। सार्वजनिक गीतले सिनेमाको परिवार पाल्न गाँउ छोडेको माइला पात्रलाई गाँउ फर्काउने कुरा गर्छ। गीतमा माइलाको वर्णनसँगै उसले गाउँ छाड्दाका परिणामहरुको विषय समेटिएको छ कालीप्रसाद बाँस्कोटाको संगीतमा तयार भएको यो गीतलाई श्रवण मुकारुङले लिपिबद्ध गरेका हुन्। गीतमा सुनिता थेगिमको स्वर छ। यो गीतले तीनै मोर्चामा आफूलाई अब्बल सावित गरेको छ।
सार्वजनिक गीतको भिडियो फिल्मका मुख्य अभिनेता दयाहाङ राई, पशुपति राई तथा बालकलाकार प्रसान राईको साथमा अन्य कलाकारलाई देख्न सकिन्छ।
पूर्वी नेपालको सुदूर दुर्गम गाउँमा सडक अनि सडकसँगै आएको परिवर्तनले श्रृजना गरेको नयाँ परिस्थितिमा कथा सिनेमाले पेस गर्छ। फिल्ममा दयाहाङ पशुपति तथा प्रसान राईको साथमा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ।महेश राईको कथामा पटकथा निर्देशक सुब्बा र कथाकार राईले संयूक्तरुपमा लेखेका हुन्। २० भन्दा बढी अन्तर्राष्ट्रिय फेस्टिभलहरुको यात्रा तय गरिसकेको सिनेमाले घरेलु वक्सअफिस र समीक्षामा सकारात्मक प्रभाव छाड्ने अनुमान गरिएको छ।सिनेमा जेठ २५ मा रिलिज हुँदैछ।


