Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएको काराओके इन्टरटेन्मेन्टले आफूलाई साँगीतिक विधाको विविध पक्षहरुको प्रशिक्षण केन्द«का रुपमा पनि विकसित गर्ने भएको छ । यसै सन्दर्भ काराओके इन्टरटेन्मेन्टले अब देखि गितार, मादल, तबला, सरोद, भायोलिन, सितार, नृत्य तथा गायन विधामा कक्षाहरु संचालन गर्ने भएको छ । यसका लागि काठमाडौंको कालिकास्थानमा आफ्नो प्रशिक्षण केन्द«को शुभारम्भ गरेको छ । सो प्रशिक्षण केन्द«को उद्घाटन गायक उदेश श्रेष्ठले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मिस नेशनलकी विजेता एवं पूर्व कुमारी समिता बज्राचार्य, मेकअप आर्टिष्ट आशा डंगोल के.सी. लगायत मिस नेवाः वल्र्डका सहभागिहरुको उपस्थिति रहेको थियो । सांगीतिक प्रशिक्षण केन्द«का अलावा सो प्रशिक्षण केन्द«लाई मिस नेवाः वल्र्ड, मिसेस् नेवाः वल्र्ड, मिस्टर नेवाः वल्र्ड, मिस नेशनल, मिस्टर नेशनल र लिटल च्याम्प जस्ता प्रतियोगितात्मक कार्यक्रमहरुको तालिम संचालन गर्ने स्थानका रुपमा पनि विकसित गर्ने कुरा काराओके इन्टरटेन्मेन्टका प्रमुख खगेश रञ्जीतकारले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय