Monday 8 December 2025 / मंगलवार, २३ मंसिर २०८२

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक स्थिरता कायम नभएसम्म अर्थतन्त्रले गति नलिने बताउनुभएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घको ५७औँ साधारणसभामा आज उहाँले राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने बताउनुभयो । “राजनीतिक अस्थिरताले आर्थिक गतिविधि मर्माहत बन्न पुग्छ, अर्थतन्त्र आरालो लाग्छ”, श्रेष्ठले भन्नुभयो ।

उहाँले राजनीतिको व्यापारीकरण र व्यापारको राजनीतिकरण मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो । पूर्व प्रधानन्यायाधीश श्रेष्ठले अर्थतन्त्रमा कृषि, उद्योगलगायत क्षेत्रको योगदान घट्दै गएकामा चिन्ता प्रकट गर्नुभयो । हरेक देशको विकास र समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले भन्नुभयो, “लगानीका क्षेत्रमा ६० प्रतिशत निजी क्षेत्रको योगदान छ, यस्तै राजश्वमा ८० प्रतिशत निजी क्षेत्रले ओगट्छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ कारण समस्यामा परेका उद्योगी, व्यवसायीलाई राहत दिने सरकारी योजना कार्यान्वयनमा आउन नसकेकामा दुःखेसो पोख्नुभयो । राष्ट्रिय पूँजी निर्माणका लागि लगानीमा जोड दिँदै उहाँले छिट्टै बागलुङमा नयाँ परियोजनामार्फत लगानी भित्र्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय