Thursday 12 September 2024 / बिहीबार, २७ भाद्र २०८१

गिनिज वर्ल्ड रेकर्डमा नेपाल र नेपालीको नाममा नयाँ रेकर्ड कायम भएको छ । विश्वको अग्लो स्थानमा छायाँकन गरिएको हाम्रो साझा हिमाल बोलको गीतको म्युजिक भिडियोले विश्वकै सबैभन्दा अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भिडियोको रुपमा गिनिज वल्र्ड रेकर्डमा स्थापित भएको छ । यो सफलता प्राप्त गर्नेहरुमा चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई हुन् ।
उक्त रेकर्डका लागि हालै राजधानीमा पावर ईन्टरनेशनल मिडिया नेपालबाट आयोजित कार्यक्रमका वीच रेकर्ड राखेबापत गिनिज वर्ल्ड रेकर्डबाट प्राप्त सहभागिताको प्रमाणपत्रहरु प्रदान गरिएको छ । साझा हिमाल गीतलाई मुर्तरुप दिन सघाउने कलाकारहरुमा श्रीदेव भट्टराई, दिर्घ राज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्च बहादुर राई, सुस्मा भट्टराई, दृश्य सुवेदी, गोपाल ढकाल छन्दे, प्रमिला राई, शान्तिप्रिय, राजन खरेल, विपिन भाट, अस्मिता श्रेष्ठ, शोमा खत्री, कानुनी सल्लाहकार राजेन्द्र शर्मा, राजन थापा, किरण चौधरी, रोशन श्रेष्ठ लगायतका छन् ।

भिडियो मार्फत विश्वमा राख्न सफल भएकोमा रेकर्ड होल्डर खरेल लगायत चारै जनालाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल , चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका जनकदीप पराजुली, कान्तिपुर टिभिका स्टेशन प्रमुख तथा चलचित्र निर्देशक दिनेश डिसी लगायतले बधाई एवं शुभकामना प्रदान गरेका थिए ।
हाम्रो साझा हिमाल बोलको गीतको उक्त म्युजिक भिडियो नेपालको सोलुखुम्बुको गोक्यो भन्ने स्थानमा छायाँकन गरिएको हो । यो स्थान ४ हजार ७ सय ६८ मिटर अर्थात् १५ हजार ६ सय ४३ दशमलव ०४ फिट उँचाईमा रहेको छ । उक्त गीतको छायाँकन सेप्टेम्बर २७ २०१९ अर्थात् २०७६ असोज १० गते गरिएको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय