Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन हुँदै आएको मिस ग्रान्ड नेपालको सातौं संस्करण प्रतियोगिताको मेकिङ आरम्भ भएको छ । राजधानीमा हालै आयोजित एक कार्यक्रमका वीच यस पटकको प्रतिस्पर्धामा सहभागिताका लागि छनौट भएकाहरुलाई सार्वजनिक गरिएको छ । सो कार्यक्रममा सहभागिहरुलाई उनीहरुको प्रतिस्पर्धी अंक सहित कार्यक्रमको स्यास प्रदान गरिएको थियो । यस पटक दैलेख, गोरखा, दोलखा, खोटाङ, धनगढी, सिराह, मकवानपुर, निजगढ, मनाङ, सुनसरी, कैलाली, नवलपरासी, तनहुँ, काठमाडौं, ललितपुर लगायतका जिल्लाहरुबाट सहभागिहरुको प्रतिनिधित्व भएको छ । सातौं संस्करणको मिस ग्राण्ड नेपाल २०२४ को सहभागिहरु सार्वजनिक गरिए संगै प्रतियोगिता सम्बन्धीत प्रशिक्षण पनि प्रारम्भ भएको आयोजक संस्था आरके इन्टरटेन्मेन्ट ग्रुपले जनाएको छ । प्रतियोगिताको कोरियोग्राफी एवं प्रशिक्षणको जिम्मेवारी इन्टरनेसनल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय