Saturday 29 August 2026 / शनिबार, १३ भाद्र २०८३

काठमाडौं, अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाइँ’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सो गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ। यसमा संगीत पनि योगी स्वयंको रहेको छ । गीतमा दयाहाङको मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ ‘फूल’ हो। असार २८ बाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक र लेखक अनिल बुढामगर हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभास कोइरालाले सघाएका छन् । यसको छायांकन पूर्वी रुकुम आसपासमा गरिएको छ ।

जीएम मूभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता जनक घर्ती मगर हुन्। ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बूढा मगर, सुनील मगरको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय