Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

आदिवासी जनजाति महिलारुको व्यक्तित्व, बौद्धिकता तथा साँस्कृतिक सौन्दर्यमा केन्दि«त प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको । मिस एण्ड मिसेस् इन्डिजिनियस २०२४ को शीर्षकमा संचालन भएको सो प्रतियोगितामा युजिना राईले मिस इन्डिजिनियस २०२४ को विजेताको ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा पमाया शेरपुजा फस्ट रनर अप, आरुषी थापा मगर सेकेन्ड रनर अप तथा आकृति गुरुङ थर्ड रनर अप चयन भएका थिए । मिसेस् तर्फ माया गुरुङ मिसेस् इन्डिजिनियस २०२४ का रुपमा विजेता छानिएका थिइन् । फस्ट रनर अपतर्फ सोनिया चाम्लिङ राई, सेकेन्ड रनर अपमा सुजाता तामाङ, थर्ड रनर अपमा सन्जु गुरुङ तथा फोर्थ रनर अप तर्फ मनिता तामाङ विजेता छनौट भएका थिए ।
एसके इन्टरटेन्मेन्टका लागि शान्ता कुमारी तामाङ आयोजक रहेको सो कार्यक्रममा पूर्व मन्त्री रहिसकेकी प्रतिनिधिसभा सदस्य माननीय सीता गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य गरेका थिए । प्रतियोगितामा मिस तर्फ फेसबुक च्वाइसमा आरजु पुन मगर, अर्गनाइजर च्वाइसमा संचिता तामाङ, मोस्ट पपुलरमा सलोनी सुनुवार तथा भ्युअर च्वाइसमा आरजु पुन मगर उत्कृष्ट ठहरिएका थिए । मिसेस्तर्फ भने फेसबुक च्वाइसमा मनिता तामाङ, अर्गनाइजर च्वाइसमा ज्यासमिन गुरुङ, मोस्ट पपुलरतर्फ सोनिया चाम्लिङ राई तथा भ्युअर च्वाइसमा सुजाता तामाङलाई पुरस्कृत गरिएको थियो ।
ज्मलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको सो प्रतियोगितामा आरजु पुन मगर र सोनिया चाम्लिङ राई ट्यालेन्ट, पमाया शेरपुजा र सुजाता तामाङ फोटोजेनिक, सृजना सेन्चुरी र गंगा गुरुङले पर्सनालिटी, आकृति गुरुङ र सन्जु गुरुङले इन्टेलिजेन्ट,युजिना राई र सारा पुन मगरले कन्फिडेन्ट विधामा अवार्ड प्राप्त गरेका थिए । यसैगरी सन्चिता तामाङ र माया गुरुङ फ्रेन्डशीप, रिमा गुरुङ र कुमारी लामाले हेयर, प्रतिमा मगर र उर्वशी श्रेष्ठले स्कीन, आरुशी थापा मगर र मनिता तामाङले स्माइल, रन्जिता मगर र करिष्मा गुरुङले इनोसेन्ट, सलोनी सुनुवार र रुपा तामाङले एक्टिभ तथा रिया गुरुङ र बुद्धि माया तामाङले डिसिप्लीन विधामा अवार्ड प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय