Friday 16 October 2026 / शुक्रबार, ३० आश्विन २०८३

भारतको जयपुरमा जून २९ देखि ७ जुलाई सम्म संचालन हुने टिन सुन्दरीहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट आरोही अधिकारीले सहभागिता जनाउँदै छिन् । हालै मात्र एसईइ परिक्षा उत्तीर्ण गरेकी पाँच फिट चार उँचाईकी काठमाडौं निवासी १५ वर्षिया आरोहीले क्याप्चर फोटोग्राफीले आयोजना गरेको एस अफ एसईइ नामक मोडलिङ प्रतियोगितामा विजेताको ताज पहिरिए पछि उनले मिस टिन इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट मिस टिन इन्टरनेसनल नेपाल २०२४का रुपमा सहभागिता जनाउने अवसर प्राप्त गरेकी हुन् ।

मिस टिन इन्टरनेसनल २०२४ मा सहभागि हुनु पूर्व आरोहीले फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता बारे अभिमुखीकरण तथा प्रशिक्षण प्राप्त गरेकी हुन् । मिस टिन इन्टरनेसनलको उपाधि दौडमा आरोहीले विश्वका चालीस बढी टिन सुन्दरीहरुसित प्रतिस्पर्धा गर्नेछिन् । सामाजिक अभियन्ता बन्ने आरोही अध्ययन र मोडलिङलाई संगसंगै अगाडि बढाउन चाहन्छिन् । उलाई नृत्य र भ्रमणमा रुचि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय