Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ।

उनको एकल स्वरमा मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय छ।

करणले रेकर्डिङका हिसावले गायक एवं संगीतकार न्य्हू बज्राचार्यको संगीतमा पहिलो गीत गाए पनि ‘सुस्तरी’ गीत पहिले सार्वजनिक भएको हो।

यो प्रेमगीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्। प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय