एसईइ परिक्षाका परिक्षार्थीहरुमा केन्दि«त प्रतिभा, व्यक्तित्व तथा सौन्दर्य संग सम्बन्धीत प्रतिस्पर्धा जेनिथ ख्यार्गोली तथा याङ्शु श्रेष्ठ मिष्टर एण्ड मिस एसईइका २०२४का रुपमा घोषणा गरिएको छ । फेसन एराको आयोजनामा सम्पन्न सो प्रतियोगिताम महेश बम र कञ्चन ओली फस्ट रनर्स अप, रौनक श्रेष्ठ र अर्पिता श्रेष्ठ सेकेन्ड रनर्स अप, शिवलाल रावल र जुबेश्ना लामिछाने थर्ड रनर्स अपका रुपमा विजेता चयन भएका थिए ।

प्रतियोगितामा अर्जिता घिमिरेले अर्गनाइजर च्वाइस विधाको अवार्ड प्राप्त गरिन् । प्रतियोगिताको कोरियोग्राफी मिस कस्मपोटिन वल्र्ड २०१९ प्रिया रानी लामाले गरेकी हुन् ।


