स्कूल अध्ययनरत बालबालिकाहरुका केन्दि«य बौद्धिकता र व्यक्तित्व सम्बन्धीत प्रतियोगिता किड्स स्टार इन्टरनेसनल नेपाल २०२४ सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगितामा ग्रुप ए अन्तर्गत रोमन पाठक र अदिति किड्स स्टार इन्टरनेसनल नेपाल २०२४को विजेताको रुपमा चयन भएका थिए भने यो समूहमा आशियन र प्रज्ञा न्यौपाने फस्ट रनर्स अप, रेहान नगरकोटी र मारिया गौतम सेकेन्ड रनर्स अप तथा सुनिल डंगोल र आशिका श्रेष्ठ थर्ड रनर्स अप चयन भएका थिए ।

प्रतियोगिताको ग्रुप बीमा प्रसिद्ध श्रेष्ठ र दिपशिका अधिकारी किड्स स्टार इन्टरनेसनल नेपाल २०२४ का रुपमा चयन भएका थिए । यो समूहमा असिम वि.के. र रिद्धि महर्जन फस्ट रनर्स अप, आविष्कार पौडेल र सोनिका पाण्डे सेकेन्ड रनर्स अप तथा रबश र दिपशना धमला थर्ड रनर्स अपका रुपमा चयन भएका थिए । प्रतियोगिता फेसन एराको आयोजनामा सम्पन्न भएको थियो ।


