Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

इजिप्टको राजधानी एवं पर्यटकीय शहर कायरो स्थित होटल ग्राण्ड पिरामिडमा नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्डको तेस्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । फेसन र मनोरञ्जनका विविधमा प्रदान गरिंदै आएको उक्त अवार्ड कार्यक्रममा चर्चित पप गायक धिरज राईलाई किङ अफ् पप उपाधिले सम्मानीत गरिएको थियो । कार्यक्रममा सजना खतिवडा प्रोमिनेन्ट ब्युटी एक्सपर्ट, गीता विके एस्पायरिङ डे«स डिजाइनर, मानवहादुर विके वेष्ट ह्यान्डिक्राफ्ट डिजाइनर, रुपा खवास पपुलर इन्डिजिनियस सोसियल एक्टिभिष्ट, सन्तु लामा इन्फ्लुएनसियल टाइटल विनर मिसेस्, आदत बन्यो गीतको भिडियोबाट रश्मी तामाङ वेष्ट डेब्यु मोडल फिमेल, टेकेन्द« शाह वेष्ट भिडियो एडिटर, दिपक मैनाली वेष्ट फोटोग्राफर अफ द इयर, निशु काफ्ले वेष्ट टाइटल विनर मिसेस्का रुपमा पुरस्कृत भएका थिए ।
हिमालय मुभिज् प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा संचालन भएको सो अवार्ड कार्यक्रममा लक्ष्मी भुषाल एडमाइरेवल हेयर स्टाइलिष्ट, रमेश श्रेष्ठ वेष्ट सेट डिजाइनर, सम्झना तामाङ पपुलर ब्युटिसियन तथा सोनिका राईलाई इन्स्पायरिङ टाइटल विनर मिसेस् अवार्डबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा गायक धिरज राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए भने हिमालयन मुभिज्का सि.ई.ओ तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाको निर्देशनमा फेसन शो प्रस्तुति पनि प्रदर्शन गरिएको थियो । इभेन्ट म्यानेजर कोमल नाथ खतिवडाले संचालन गरेको सो कार्यक्रममा इजिप्ट पर्यटन व्यवसायी समीर अहमद, होटल ग्राण्ड पिरामिडका जिएम एवं व्यसायी अहमद अब्दुल हमीद तथा ओवराय ग्रुप लक्जरका जिएम एवं व्यसायी साम्देन तामाङको विशेष आतिथ्यता रहेको थियो । यस अघि नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड काठमाडौंमा पहिलो संस्करण तथा थाइल्याण्डको राजधानी बैंककमा दोस्रो संस्करण संचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय