Thursday 27 August 2026 / बिहीबार, ११ भाद्र २०८३

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको नवौं संस्करणको मिस ब्युटीफुल नेपालको विजेताको ताज पहिरिन सफल भएकी छिन् सञ्जिला तामाङ । सञ्जिला मोस्ट ट्यालेन्टेड पनि घोषणा भइन् । यसैगरी आठौं संस्करणको मिसेस् ब्युटीफुल नेपालको विजेता छनौट भएकी छिन्, विजया अधिकारी । विजयाले पब्लिक च्वाइस तथा मोष्ट पपुलर विधाको अवार्ड पनि आफ्नो नाममा दर्ता गराइन् । दक्ष इन्टरनेसनल तथा राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा सम्पन्न यस प्रतियोगितामा मिस तर्फ विपना मल्ल फस्र्ट रनर्स अप, ईश्वरी हमाल ठकुरी पब्लिक च्वाइस विधा सहित सेकेन्ड रनर्स अप तथा जेलिना भट्टराईले मोष्ट पपुलरको ताज पहिरिन् । मिसेस् तर्फ रमिता बज्राचार्य फस्र्ट रनर्स अप तथा रितु रौनियार सेकेन्ड रनर्स अपका रुपमा छानिएका थिए । मेकअप आर्टिष्ट टेकराज पाण्डे आयोजक रहेको यो प्रतियोगित्मक कार्यक्रमको ईभेन्ट म्यानेजर गीता उप्रती थिइन् । कार्यक्रमलाई रोशनी चन्दले कोरियोग्राफ गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय