काठमाडौँ, स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलले बहुप्रतीक्षित नमुना संयुक्त राष्ट्रसंघ (SG MUN ) ३.० को आइतबार भव्य रूपमा सम्पन्न भएको छ । । विद्यार्थीहरूको जीवनोपयोगी विभिन्न सिपहरू विकास गर्न, उनीहरुको दृष्टिकोण र ज्ञानको क्षितिज फराकिलो बनाउन र विश्वव्यापी समस्या र तिनका समाधानमा अर्थपूर्ण योगदान दिनको लागि एउटा महत्वपूर्ण अवसर सिर्जना गर्ने उदेश्यले विद्यालयले नमुना संयुक्त राष्ट्रसंघ ३.० को आयोजना गरेको थियो ।

अधिश बिनोद पोखरेल निर्देशक रहेको उक्त कार्यक्रममा कक्षा १० र हालै SEE उत्तीर्ण गरेका विद्यार्थीहरुद्वार आयोजित उक्त कार्यक्रममा उपत्यकाका ३५, उपत्यका बाहिर पोखरा र नेपालगञ्जको २ विद्यालय गरी जम्मा
३७ विद्यालयका २०० प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । यस वर्ष भारतको एउटा
विद्यालयबाट समेत विद्यार्थीहरुको उपस्थिति थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि युथ थिङ्कर सोसाइटीका संस्थापक अध्यक्ष चेवन राईले यस कार्यक्रममार्फत तीन दिनभित्र सिकेका सिकाइहरूलाई यही सीमित नगरी निरन्तरता दिन अनुरोध गर्नुभयो । आफ्नो पहिलो नमुना संयुक्त राष्ट्रसंघको अनुभव सुनाउँदै उहाँले यस्ता कार्यक्रमले बालबालिकाको बोलाइ, सोचाइ, लेखाइ र अनुसन्धान गर्ने सिपको विकास हुने कुरामा जोडदिनु भयो । उहाँले सहभागी प्रतिनिधिहरुलाई प्रेरणादायी शब्दहरु मार्फत प्रभावकारी ढंगले आफूले सिकेका ज्ञान तथा सिपहरू आफ्नो समाज र देशका निम्ति पनि
लगाउन सहभागी सबैलाई हौसला समेत प्रदान गर्नुभयो।

विद्यालयकी प्राचार्य नेहा के.सीले विद्यार्थीहरूको चौतर्फी विकासमा यस कार्यक्रमले अवश्य पनि सहभागी सबैमा सकारात्मक परिवर्तन ल्याउन सकेकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रम सफल भएकोमा सबै सहभागी विद्यालय, विद्यार्थी प्रतिनिधिहरू, आयोजक संस्था र प्रायोजकलाई बधाई समेत दिनु भयो । तीन दिन लगातार रुपमा सञ्चालन भएको यस कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरूले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC), संयुक्त राष्ट्र मानव अधिकार परिषद् (UNHRC), संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (UNEP), संयुक्त राष्ट्र महिला (UNW), विश्व स्वाथ्य संगठन (WHO), संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् (UNSC) अन्तर्राष्ट्रिय प्रेस (IP) जस्ता समितिमा रही विश्वका विभिन्न समसामयिक बिषयमा गहन
रुपमा छलफल गरेका थिए । । विभिन्न राष्ट्रहरूका प्रतिनिधिहरूको भूमिकालाई मूर्तरूप दिँदै विद्यार्थी प्रतिनिधिहरूले वास्तविक विश्वका मुद्दाहरूमा रहेका समस्याको समाधानहरू समेत पैल्याएका थिए ।

निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति (DISEC)मा, बेस्ट डेलिगेट नर्थ कोरियाले, आउटस्ट्यानडिंग डेलिगेट भियतनामले, अनरेबल मेन्सन चीनले तथा बेस्ट पोजिसन पेपर पाकिस्तानले पाएका थिए । यस्तै संयुक्त राष्ट्र महिला (UNW) मा, बेस्ट डेलिगेट टर्की, आउटस्ट्यानडिंग डेलिगेट अफगानीस्तानले, अनरेबल मेन्सन भारत र इरानले तथा बेस्ट पोजिसन पेपर नेदरल्याड्सले पाएका थिए । यसैगरी विश्व स्वाथ्य संगठन (WHO) मा बेस्ट डेलिगेट प्यालेस्टाइनले, आउटस्ट्यानडिंग डेलिगेट जर्मनीले, अनरेबल मेन्सन अमेरिकाले तथा बेस्ट पोजिसन पेपर अस्ट्रेलियाले पाएका थिए । त्यस्तैगरी संयुक्त राष्ट्र मानव अधिकार परिषद् (UNHRC) मा बेस्ट डेलिगेट अमेरिकाले, आउटस्ट्यानडिंग डेलिगेट इथियोपियाले तथा बेस्ट पोजिसन पेपर अमेरिकाले पाएका थिए ।

त्यस्तै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (UNSC) मा बेस्ट डेलिगेट सिरियाले, आउटस्ट्यानडिंग डेलिगेट अमेरिकाले, अनरेबल मेन्सन रसिया र चीनले पाएका थिए । त्यस्तैगरी संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (UNEP) मा बेस्ट डेलिगेट होन्डुरस , आउटस्ट्यानडिंग डेलिगेट ब्राजिलले, अनरेबल मेन्सन क्यामेरूनले तथा बेस्ट पोजिसन पेपर मलेसियाले तथा भर्बल मेन्सन फ्रान्स, जिम्बाब्वे, पानामा र जर्मनीले पाएका थिए । यसरी नै अन्तर्राष्ट्रिय प्रेस (IP) मा बेस्ट रिपोर्टर बीबीसी, आउटस्ट्यानडिंग रिपोर्टर क्याटालान न्यूजले, स्पेसल मेन्सन भारत र आइ.आर.एन.ए. तथा अफगान इस्लामिक प्रेसले पाएका थिए ।

कार्यक्रममा विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारका साथै विद्यालयकी प्राचार्य नेहा के.सीले प्रमुख अतिथि, अतिथि, विद्यालय प्रतिनिधि र प्रायोजकहरूलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । समापन समारोहलाई अग्रता विष्ट र साईशराज वन्तले सञ्चालन गर्नुभएको थियो ।


