Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौ, चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली … ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । Zeni Entertainment युटुब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो । जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन ।

केशब अधिकारीको छायाँकन , बिश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडियो तयार गरिएको हो । उक्त भिडियोको निर्देशन रबिन श्री ले गरेका हुन । ‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय