Tuesday 31 January 2023 / मंगलवार, १७ माघ २०७९

काठमाडौं । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङमा हात हाल्नु भएको छ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा आफूलाई स्थापित गरेका छन् ।
विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विभिन्न सिरिज चलाउने वन्त सिजन मिडियाका प्रबन्ध निर्देशकसमेत हुन् । वन्त अब पहिलो पटक कलाकारिता तर्फ समेत लागेका छन् ।
गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘परदेशिको पिडा ’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निदेशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेटसेफ कुमार चालिसे लगयातले संयुक्त रुपमा विमोचन गरे ।
गायक विनोद दनुवारले स्वर दिनुभएको गीतको भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री ( भिडियो) नविनबाबु गरुङको निर्देशन तथा छायाङकन रहेको छ । यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गरेका थिए । साथै सम्पादन नविन निरौलाको रहेको छ ।
आफूले पनि कलाकारिताको क्षेत्रमा केही न केही योगदान गर्न सक्छु भन्ने मान्यताका साथ आफू यस क्षेत्रमा आएको गीतका मोडल वन्तले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय