Monday 21 April 2025 / सोमबार, ८ बैशाख २०८२

नैरोबी, केन्या, नैरोबीको सुकुम्बासी बस्तीको फोहोर फाल्ने स्थानबाट हालसम्म आठ जनाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् । कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भन्नुभयो, “तिनीहरूलाई टुक्रा–टुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको थियो ।

कान्जाका अनुसार पहिलो छ जनाको शव शुक्रबार र अन्य दुई महिलाको शव शनिबार फेला परेको थियो । उहाँले भन्नुभयो, “म सबै नागरिकलाई आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौं ।” कान्जाले अनुसन्धानमा जनसहयोगका लागि आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याएने बताउनुभएको छ । गत महिना सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको थियो भने जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिनुभएको थियो भने कान्जाले यसै साता मात्र पदभार ग्रहण गर्नुभएको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय