Thursday 19 June 2025 / बिहीबार, ५ असार २०८२

जुम्ला, अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो । मेसिन परिचालन गरी आज अपराह्न ३ः३० बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिनुभयो ।

वर्षाका कारण सो स्थानहरुमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्घ हुँदा यात्रुहरु बीच बाटोमै रोकिएका थिए । वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय