Saturday 4 February 2023 / आईतवार, २२ माघ २०७९

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिवार रेलिगेसन जोनमा रहेको वेस्ट ब्रममाथि उसकै मैदानमा ४–० को सानदार जित निकालेको छ

खेलको २३औ मिनेटमा काइरनले रब होल्डिङको पासमा गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० ले अग्रता दिलाए ।

दोस्रो हाफमा लाकाजेटले पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै आर्सनललाई फराकिलो जिततर्फ अघि बढाए । ६० र ६४औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै आर्सनलाई खेलमा ४–० को फराकिलो जित दिलाए ।

 

जितसँगै आर्सनल १७ खेलबाट २३ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ भने ब्रम ८ अंकसहित १९औं स्थानमा छ ।

त्यस्तै लिगको अर्को खेलमा टोटेनहमले लिड्सलाई ३९०, क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई २–० ले हराउदा ब्राइटन र वल्भ्स ३–३ को बराबरीमा रोकिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय