
एजेन्सी – अर्जेन्टेनी प्रशिक्षक मौरिसियो पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी को मुख्य प्रशिक्षक नियुक्त भएका छन्। पीएसजीले शनिबार पोचेटिनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।
४८ वर्षीय पोचेटिनोले २०२२ को समरसम्मका लागि पिएसजीमा रहने सम्झौता गरेका हुन् ।
थोमस टुचेलको बर्खास्तीपछि पिएसजीले इंग्लिस क्लब टोटेनहम र स्पेनिस क्लब इस्पान्योलका पुर्व प्रशिक्षक पोचेटिनोलाई शनिबार क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।पोचेटिनो गत सिजन इंग्लिस क्लब टोटनह्यामबाट बर्खास्तमा परेका थिए।
पोचेटिनो पीएसजीका पूर्व खेलाडीसमेत हुन । उनले पीएसजीबाट सन् २००१ देखि २००३ सम्म खेलेका थिए। पीएसजी यस सिजनको लिग वानमा तेस्रो स्थानमा रहेको छ।
आफ्नो पुरानो क्लबमा फर्किन पाँउला खुशि भएको र विश्वका प्रतिभाशाली खेलाडीहरुसँग काम गर्न उत्सुक रहेको बताउदै उनले भनेको छन् ‘ म सबै प्रतिस्पर्धामा पिएसजीलाई उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्नेछु ।’
गत मंगलबार क्लबले आधिकारिक रुपमा टुचेललाई बर्खास्त गरेको बताएको थियो । उता
२०१९ नोभेम्वरमा टोटेनहमबाट बर्खास्तीपछि पोचेटिनो क्लब विहीन रहेका थिए । पिएसजीमा पोचेटिनोको पहिलो खेल बुधबार सेन्ट इटियनविरुद्धको खेलमा हुनेछ ।