Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौं । तुलसी पत्रकारीता पुरस्कारबाट गोरखाका अग्रज पत्रकार पुर्व जिल्ला अध्यक्ष भीमलाल श्रेष्ठ पुरस्कृत भएका छन् । शनिबार नेपाल पत्रकार महासंघ गोरखाले शाखाको १० औं साधारणसभाका अवसर पारेर श्रेष्ठलाई सम्मान गरेको हो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले श्रेष्ठलाई रु १० हजार नगद र सम्मान पत्र प्रदान गरेका हुन् । तुलसी प्रसाद अर्यालको स्मृतिमा तुलसी पत्रकारीता पुरस्कार स्थापना गरिएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष, लमजुङ लगाएत छिमेकी जिल्लाका अध्यक्ष, गोरखा र पालुङटार नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल पत्रकार महासंघ गोरखाका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर