Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

मंगोल समुदायको साँस्कृतिक गौरव, जातिय पहिचान पृष्ठभूमि आयोजना हुँदै आएको साँस्कृतिक सौन्दर्य प्रतियोगिता मिस मंगोल नेपालको चौधौं संस्करण भव्यता पूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा खोटाङकी एञ्जल राईले प्रभु बैंक मिस मंगोल नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् । नगद पुरस्कार रु एक लाख सहित प्रतियोगिताको शीर्ष उपाधि विजेता बनेकी एञ्जल मिस ट्यालेन्टका रुपमा पनि छनौट भएकी थिइन् । उनलाई नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूतका रुपमा पनि नियुक्त गरिएको छ । कार्यक्रममा पाँचथरकी विपिका लिम्बु फस्ट रनर अप तथा बाराकी शाहिसा राई सेकेन्ड रनर अपका रुपमा चयन भएका थिए । उनीहरुले क्रमशः रु पचास हजार तथा रु पच्चीस हजार नगद पुरस्कार प्राप्त गरेका थिए । सबै विजेताले श्री रिद्धि सिद्धि ज्वेलर्सले डिजाइन गरेको ताज पहिरिएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न सो प्रतियोगितामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । रिडी ग्रुपले प्रस्तुत गरेको सो प्रतियोगितात्मक कार्यक्रम फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।

आंईआईएफटी फेसन डिजाइनिङ संस्थाका विद्यार्थी डिजाइनरहरुले तयार पारेका मनमोहक पहिरनमा प्रस्तुति दिएका सहभागिहरु मध्ये मिश्रा राई मिस मंगोल कोशी, शाहिसा राई मिस मंगोल मधेश, मन्जु तामाङ मिस मंगोल बागमती, स्मारिका थापा मिस मंगोल गण्डकी, काजोल थारु मिस मंगोल लुम्बीनीका रुपमा छनौट भएका थिए भने मिस पर्सनालिटी विधाको विजेताका रुपमा मेन्डा ल्हामु शेर्पा चयन भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय