राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको फेसन अफ टीन नामक प्रतियोगिताको पाँचौं संस्करणको विजेताको रुपमा आदित रेग्मी र श्रेया कर्माचार्य छनौट भएका छन् । आदित मिष्टर टीन पपुलर पनि बनेका थिए । प्रतियोगितामा आज्मा महर्जन फस्ट रनर अप तथा साहिरा मानन्धर सेकेन्ड रनर अपका रुपमा पुरस्कृत भएका थिए । प्रतियोगिता अन्तर्गत फुङदेन हाङ लिम्बु मिष्टर टीन पब्लिक च्वाइस र खुश्बु भट्टराई ब्राण्ड एम्बेसडर सहित मिस टीन पब्लिक च्वाइसका रुपमा छानिएका थिए । सुमित बुढाएर भने मिष्टरतर्फको ब्राण्ड एम्बेसडर छानिएका थिए ।

प्रतियोगितामा मिसतर्फ श्रीया शाही ठकुरी पपुलर विधाको विजेता बनेकी थिइन् । अर्गनाइजर च्वाइस विधामा भने निरु मैनाली पुरस्कृत भएकी थिइन् ।
सिल्भर स्टार इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना तथा सनिश शाक्यको कोरियोग्राफीमा संचालन भएको सो कार्यक्रममा मिस डिभा सुपर मोडल पनि छानिएको थियो ।

जसअन्तर्गत विशाखा राई मिस डिभा सुपर मोडल, मेधावी शाही मिस डिभा पपुलर तथा प्रमिशा माझी मिस डिभा पब्लिक च्वाइसको विजेताका रुपमा चयन गरिएका थिए ।


