Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

स्कूल अध्ययनरत बालबालिका केन्दि«त प्रतियोगिता किड्स सुपर मोडल २०२४ सम्पन्न भएको छ । एभरेष्ट इभेन्ट्सका लागि कृष्ण श्रेष्ठ रोबेन आयोजक रहेको सो प्रतियोगितामा इरियाना देउला र सत्भिका बुर्लाकोटी विजेता चयन भएका छन् । फस्ट रनर अप तर्फ ग्रेसी सिवाकोटी र आयुश्री कार्की तथा सेकेन्ड रनर अपतर्फ तमन्ना अग्रवाल र अल्का घिमिरे विजेता छानिएका थिए । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगितामा सरन थापा मगर र गृष्मा अग्रवाल ब्राण्ड एम्बेसडर चयन गरिएका थिए भने भुवनेश श्रेष्ठ लिटिल प्रिन्स तथा एञ्जल भण्डारी लिटिल प्रिन्सेस्का रुपमा पुरस्कृत गरिएका थिए । प्रतियोगिताको कोरियोग्राफी आर्शु महर्जन र सुगन्धा अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय