Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौँ, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सङ्क्रमण भएपछि उहाँलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि उहाँलाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय