Saturday 5 September 2026 / शनिबार, २० भाद्र २०८३

नयाँदिल्ली, भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घटेको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाईमा उपभोक्ता मूल्य सूचकाङ्क ९सीपीआई० मा आधारित मुद्रास्फीति ३ दशमलव ५४ प्रतिशत छ ।

जुनमा सीपीआई ५.०८ प्रतिशत थियो । खाद्य मुद्रास्फीति जुनमा ९.३६ प्रतिशतको तुलनामा जुलाईमा ५.४२ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ ।

अधिकारीहरूका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) को फिल्ड अपरेसन डिभिजनका फिल्ड कर्मचारीहरूले व्यक्तिगत भ्रमणहरूमार्फत सबै राज्यहरू समेट्ने एक हजार ११४ शहरी बजार र एक हजार १८१ गाउँहरूबाट मूल्य तथ्याङ्कहरू सङ्कलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय