Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौँ, साउन लागेपछि लोकगायिकालाई तिज गीत ल्याउने चटारो हुन्छ । तिजमा थुप्रै गीत सार्वजनिक भए पनि केही गीतले मात्रै श्रोतारदर्शकको मन जित्न सफल हुन्छन् । तथापि लोकगायिका सुनिता दुलालले हरेक वर्ष जसो तिज गीत सार्वजनिक गर्दै आउनुभएको छ ।

गायिका सुनिताले मङ्गलबार ‘नबोल अरूसँग’ गीत सार्वजनिक गर्नुभएको छ । गायिका सुनितालाई लोकगायक खेम सेन्चुरीले गायनमा साथ दिनुभएको छ । सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा प्रियङ्का कार्की, अञ्जली अधिकारी, गम्भीर विष्ट, सुरेश देवललगायतको अभिनय छ । तिज गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको सङ्गीत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय