Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

ललितपुर, मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले हात पारेकी छिन् । बुधवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनी बिजेता बनेकी हुन् ।

यो जितसँगै सम्पदाले मेक्सिकोमा आउँदो नोभेम्बरमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् ।मिस युनिभर्सको पाँचौं संस्करणमा विजेता सम्पदा घिमिरेलाई ग्लोबर ग्लामरकी नेसनल डाइरेक्टर संगीता पुरीले ताज पहिराइन् ।

प्रतियोगितामा सहभागीमध्येबाट फस्ट रनरअपमा स्मृति सिंह बिजेता बनेकी छिन् । सेकेन्ड रनरअप अक्षिता क्षेत्री र थर्ड रनरअप क्यारिन मुर्रे घोषित भएका छन् । सुजल बम फोर्थ रनरअप घोषित भइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय