Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन्। चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत ल्याएका हुन्। राजुकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा समेत उनकै अभिनय छ। उनीसँग अभिनेत्री करिश्मा श्रेष्ठले स्क्रिन सेयर गरेकी छिन्।

पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी सोनम पाख्रिनले गरेका छन्। गीतको भिडियो निर्देशन पनि सोनम पाख्रिनले नै गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय