Wednesday 10 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

गोर्खाकी प्रतिभा पुलामी मगरले मिसेस मंगोल नेपाल २०२४ को उपाधि जितेकी छिन्। राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको कार्यक्रममा उनलाई यो उपाधि प्रदान गरिएको हो। ताजसहित उनले सन् २०२५ मा टोकियो, जापानमा हुने इन्टरनेशनल नेपाल फेसन एन्ड इन्टरटेन्मेन्ट अवार्डमा सहभागी हुनको लागि इन्ट्री प्याकेज समेत जितेकी छिन्। यस्तै, सञ्जु मगर पहिलो रनरअप घोषित भएकी छिन् भने दीपा सिगु लिम्बु दोस्रो रनरअप बनिन्।

कोरियोग्राफर हिमानी सुब्बाको निर्देशनमा प्रतिस्पर्धीहरुले परम्परागत नृत्यका साथै ओपनिङ नृत्य पनि प्रस्तुत गरे। कार्यक्रममा विभिन्न सबटाइटल अवार्डहरु समेत वितरण गरियो। सञ्जुले बेस्ट ट्यालेन्टको उपाधि जितिन्, दीपाले बेस्ट फोटोजेनिकको, भुमा तामाङले बेस्ट ड्रेस र मोस्ट ग्रेसफुलको उपाधि पाए। संगीता गुरुङले मोस्ट प्यासनेट, मोस्ट पपुलर र पब्लिक भिडियो च्वाइस गरी तीन उपाधि हात पारिन्। यस्तै, सरिता तामाङ मोस्ट इलिगेन्ट, आस्मति सामसोहाङ लिम्बु मोस्ट स्मार्ट, रत्न माया श्रेष्ठ बेस्ट डिसिप्लिन, मञ्जिला राई मोस्ट चार्मिङ, सलिना श्रेष्ठ मोस्ट डिलिजेन्ट, दुर्गा लिम्बु मोस्ट डेडिकेट, बिना राणा मगर मोस्ट कन्फिडेन्ट र जुनु तामाङ मोस्ट डिसेन्टको उपाधि जिते।

मिसेस मंगोल नेपाल २०२४ का निर्णायक मण्डलमा अभिनेता तथा चलचित्र निर्माता सिमान्त उदास, मोडल तथा अभिनेता कृष गुरुङ, ब्युटिसियन नेपाल २०२४ की विजेता सृजना गुरुङ, मिसेस ग्लोबल नेपाल २०२४ की विजेता सुनिता भुजेल र फेसन डिजाइनर सुक्मिता चौलागाई सुनुवार रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय